images
images
  • १२ वर्षअघि खुलेको खानेपानी संस्थानको विज्ञापनको नतिजा प्रकाशित (सूचनासहित)

    काठमाडौं- नेपाल खानेपानी संस्थानले पाचौँ तहका लागि गरेको एक विज्ञापनमा परीक्षा दिएको १२ वर्षपछि नतिजा प्रकाशित भएको छ।

    १२ वर्षअघि अर्थात् २०६७ सालमा खुलाइएको सो विज्ञापनमा परीक्षा दिएका परीक्षार्थीहरूको नतिजा आज सार्वजनिक भएको हो।

    विवादका कारण सर्वोच्च अदालतमा रिट परेको सो नतिजाको लागि‍ अदालतले ‘स्टेअर्डर’ गरेको थियो। दुई वर्षअघि फुकुवा भएपछि सोही बमोजिम संस्थानले २०७९ मंसिर २० गतेदेखि २२ गतेसम्म ३४ जनाको अन्तर्वार्ता लिएको थियो। जसको अन्तिम नतिजा आज सार्वजनिक भएको संस्थानले जनाएको छ।

    प्राविधिक सेवा, सिभल समूह तह पाँचतर्फको सब इन्जिनिएर पदको लागि खुलाइएको सो विज्ञापनमा कुल १३ जना कर्मचारी आह्वान गरिएको थियो।

    नतिजासहित आज प्रकाशन गरिएको सो सूचनामा पास भएकाहरूलाई ३५ दिनभित्र संस्थानको कार्यालय त्रिपुरेश्वर, काठमाडौँमा सम्पर्क राख्न भनिएको छ।

    natija

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images