images
images
  • नेप्से २०.५५ अंकले वृद्धि, ५ अर्बभन्दा बढीको कारोबार

    काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उकालो लागेको छ । आज नेप्से परिसूचकमा २०.५५ अंकले वृद्धि भई २१६४.४८ विन्दुमा रोकिएको छ । आज ०.९६ प्रतिशतले सेयर बजार बढेकोे हो ।

    बिहीबार सेयर बजार १८.०९ अंकले उकालो लागेको थियो । पाँच अर्बभन्दा बढीको कारोबार सेयर कारोबार भएको थियो । साथै, बिहीबार २५९ कम्पनीको कारोबार हुँदा एक करोड ४१ लाख ९८८ कित्ता सेयर किनबेच हुँदा पाँच अर्बभन्दा बढीको सेयर कारोबार भएको छ ।

    यस्तै, हिमालय डिस्टिलरीकोे सर्वाधिक सेयर कारोबार भइरहेको छ । यस कम्पनीको २१ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । दोश्रोमा शिभव् सिमेन्टका र तेश्रोमा रिडी पावर कम्पनीको बढीको सेयर बिक्री भएको छ ।

    यता, खप्तड लघुवित्त र बाराही हाइड्रोपावर १० प्रतिशतले मूल्य वृद्धि भएको हो । न्यादी ग्रुप पावर, मनकामना स्मार्ट लघुवित्त र ग्लोबल आइएमइ समुन्नत योजना कम्पनीको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।

    कुल १३३ कम्पनीको सेयरमा वृद्धि भएको छ भने ७१ कम्पनीमा ओरालो लागेको छ । नौ कम्पनी भने स्थिर रहेको छ ।

    आज १३ उपसुचकहरू तीन कम्पनीबाहेक सबै उपसुचकमा हरियाली छाएको छ

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images