images
images
  • सुनको मूल्य १ लाख ३ हजार बढी, चाँदीको घट्यो

    काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको मूल्य प्रतितोलामा २०० रुपैयाँले बढेको जनाएको छ । जसअनुसार छापावाल सुन तोलाको १ लाख ३ हजार १०० रुपैयाँ पुगेको छ ।

    अघिल्लो दिन बुधबार छापावाल सुन तोलाको १ लाख २ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ६०० रुपैयाँ रहेको महासंघले जनाएको छ । बुधबार तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो ।

    बिहीबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १३ सय ८५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य १४ सय रुपैयाँ कायम रहेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images