images
images
  • नेप्सेमा ३.०३ अंकको ओरालो, कारोबार रकम ३ अर्ब ४५ करोड

    काठमाडौं- मंगलबार मंलबार सेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचकमा ३.०३ अंकले ओरालो लागेर २०६१.०६ विन्दुमा आएर बजार बन्द भएको छ । मंगलबार ०.१५ प्रतिशतले सेयर बजार घटेको हो ।

    सेयर बजार घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ । २५७ कम्पनीको कारोबार हुँदा ८२ लाख २२ हजार ८३३ किता सेयर किनबेच हुँदा ३ अर्ब ४५ करोडभन्दा बढीको कारोबार भएको छ ।

    हिमालय डिस्टिलरीकोे सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको ४२ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । साथै एनआईसी एसिया बैंकको ९ करोडभन्दा बढीको सेयर बिक्री भएको छ। स्वेत गंगा हाइड्रोपावर र धौलागिरि लघुवित्तको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । खप्तड लघुवित्त र अजोड बिमाको ९.९९ प्रतिशतले मूल्य वृद्धि भएको हो ।

    कुल १०७ कम्पनीमा उकलो लागेको छ भने १०२ कम्पनीमा ओरालो लागेको छ । साथै ३ कम्पनी स्थीर रहेको छ । १३ उपसूचकहरूमध्ये ४ कम्पनी उकालो लागेको छ । बाँकी सबै उपसूचकहरु राताम्मै भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images