images
images
  • सुनको मूल्य ९ सयले बढ्यो, चाँदीको कति ?

    काठमाडौं- मंगलबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार १ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि सोमबार तेजावी सुनको भाउ तोलाको १ लाख १ हजार २ सय रुपैयाँ निर्धारण भएको थियो ।

    आज मंगलबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १४ सय १० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ १४ सय रुपैयाँ कायम रहेको थियोे ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images