images
images
  • नेप्से दोहोरो अंकले बढ्दा कारोबार रकम ३ अर्ब नजिक

    काठमाडौं- सेयरबजार आज पनि दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १७.५६ अंकले बढेर २०६३.८३ विन्दुमा पुगेको हो।

    परिसूचक बढ्दा कारोबार रकम भने हिजोको तुलनामा घटेको छ । हिजो ४ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज २ अर्ब ९६ करोडमा खुम्चियो ।

    कारोबार रकम घट्नुले बढेको मूल्यमा खरिद गर्न धेरै लगानीकर्ता अनिच्छुक रहेको र कम मूल्यमा बेच्नेहरु पनि नरहेको जनाउँछ । कुल १६५ कम्पनीको मूल्य बढ्दा ३९ को घट्यो भने ७ को स्थिर रहृयो । ४ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।

    धौलागिरि, सिर्जनशील, खप्तड लघुवित्त र अजोड इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । प्रभु इन्स्योरेन्सको ९ प्रतिशत बढ्यो । नेपाल टेलिकमको मूल्य सबैभन्दा धेरै ४ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नबिल बैंक, हिमालयन डिस्टिलरी, एनआईसी एसिया बैंक, नेपाल टेलिकम र युनिभर्सल पावर कम्पनी क्रमशः अगाडि रहे ।

    उपसमूहगत रुपमा हेर्दा बैंकिङ १३, विकास बैंक ६२, फाइनान्स २१, होटल तथा पर्यटन ८१, जलविद्युत् ३४, जीवन बीमा ५४, माइक्रोफाइनान्स ४८, निर्जीवन बीमा २५८ र ब्यापार ६८ अंक बढे । उत्पादन ३७ र अन्य उपसमूह भने २३ अंक घटे ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images