images
images
  • सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार

    काठमाडौं- सुनको मूल्य आइतबार तोलामा ३०० रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ३०० रुपैयाँले बढेर छापावाल सुन तोला १ लाख १ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।

    आइतबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य १३ सय ९५ रुपैयाँ कायम रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images