images
images
  • कांग्रेस बागमतीमा संसदीय नेतामा इन्द्र बानियाँलाई हराउदै लामा निर्वाचित

    काठमाडौं- नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित भएका छन् । बुधबार हेटौंडामा भएको निर्वाचनमा लामाले अर्का प्रतिस्पर्धी इन्द्र बानियाँलाई पराजित गरेका हुन् ।

    केन्द्रीय सदस्यसमेत रहेका लामाले २१ र बानियाँले १६ मत पाए । बानियाँ यसअघि पाँच वर्ष दलको नेता थिए ।

    लामा र बानियाँ दुवै संस्थापन पक्षका नेता हुन् । कांग्रेस बागमती प्रदेशमा ३७ सांसद छन् । लामालाई जिताउन काठमाडौंबाट प्रकाशशरण महत, महालक्ष्मी उपाध्याय डिनालगायतका नेता पुगेका थिए । मकवानपुर १ मा आफूलाई प्रतिनिधिसभा सदस्यमा पराजित गर्न बानियाँको भूमिका रहेको भन्दै आरोप लगाएकी डिनाले लामालाई दलको नेता जिताएर बदला लिएकी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images