images
images
  • मध्यराति पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध

    काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा पृथ्वी राजमार्गमाथिबाट रूखसहितको सुख्खा पहिरो खस्दा सडक दुवैतर्फी अवरुद्ध भएको छ ।

    शनिबार राति करिब १०:२५ बजे खसेको पहिरोका कारण नारायणगढ–काठमाडौं सडकखण्ड पूर्णरूपमा बन्द भएको हो ।

    पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन कम्तीमा ६/७ घण्टा समय लाग्ने अनुमान गरिएको छ ।

    यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म नारायणगढबाट काठमाडौं जाने तथा काठमाडौंबाट नारायणगढ आउने सबै प्रकारका सवारीसाधनको आवागमन पूर्णरूपमा बन्द गरिएको प्रहरीले जनाएको छ ।

    पहिरो पन्छाई सडक खुलाउन सडक विभागसँग समेत समन्वय भइरहेको छ । सडकको अवस्था सामान्य नभएसम्म वैकल्पिक व्यवस्था अपनाउन तथा अनावश्यक यात्रा नगर्न हुन समेत अनुरोध गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images