चितवन– बाढीले बगाएको ‘राइनोज क्रुजसिप’ नारायणी पुलमुनि अड्किएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै नारायणी पुलमा आवतजावत बन्द गरिएको छ ।
पुलमा आवतजावत रोकिएपछि पुर्वपश्चिम यात्रा गर्ने हजारौँ यात्रु प्रभावित भएका छन् ।
अचानक पुल बन्द भएपछि आफ्नो गन्तव्यतर्फ हिँडेका हजारौँ सवारीसाधन तथा यात्रु बाटोमै रोकिएका छन् । पुलमा आवतजावत बन्द भएपछि दुवैतर्फ सवारीसाधनको लाम लागेको छ ।
प्रशासनले पुलमा अड्किएको क्रुजलाई निकाल्ने विषयमा छलफल गरिरहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















