images
images
  • आजको मौसम : मनसुनी न्यूनचापीय रेखा सरदर स्थानतिर सर्दा पनि वर्षा र हिमपातको सम्भावना कायमै

    काठमाडौं– जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ भने देशभर मनसुनी वायु, पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

    हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको बाँकी हिमाली भू–भागमा साधारणतया बादल, पहाडी भू–भागमा आंशिक बादल र तराई भु–भागमा मौसम मुख्यतया सफा रहेको छ । त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

    सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थान तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    त्यस्तै आज राति देशका हिमाली र पहाडी भू–भागमा तथा सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ भने देशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

    warning map day 2 1790510683762

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images