images
images
  • बागमती प्रदेश सरकार विस्तारको तयारी, रमा आले मगर कृषिमन्त्री बन्दै

    हेटौंडा– मुख्यमन्त्री किरण थापा मगरले नेकपाकी रमा आले मगरलाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

    आले आज साँझ हेटौंडामा शपथ लिने तयारीमा छिन् ।

    उनी यसअघि युवा तथा खेलकुद मन्त्री थिइन् ।

    बागमती सरकारमा एमाले, नेकपा र राप्रपाको गठबन्धन छ ।

    ४ भदौमा ६ मन्त्री नियुक्त भएका थिए ।

    नेकपाभित्र थप एक मन्त्रालयको दबाब बढे पनि मुख्यमन्त्री थापासँग सहमति भइसकेको छैन ।

    सत्ता गठबन्धनले मन्त्रालय संख्या ८ नबढाउने सहमति गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images