सुर्खेत- एमाले कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा यामलाल कँडेल चयन भएका छन् ।
दलको भर्खरै सम्पन्न पहिलो बैठकले कँडेललाई सर्वसहमत रूपमा दलको नेतामा चयन गरेको हो । एमालेको स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज समेत रहेका कँडेल सुर्खेत २ (क) बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।
उनले गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका कालीप्रसाद शाक्यलाई पराजित गर्दै जित हात पारेका थिए।
अघिल्लो पटक कर्णाली प्रदेशको मुख्यमन्त्री हुनका लागि विभिन्न रणनीति खेलेपनि मुख्यमन्त्री हुन असफल भएका थिए। पुनः मुख्यमन्त्रीका लागि यसपटक कँडेल प्रदेश सभामा दोहोरिएका हुन्।
केन्द्रमा अचानक भएको राजनीतिक समीकरणले कर्णालीमा तेस्रो दलका रुपमा रहेको एमालेलाई सरकारमा जाने मौका मिलेको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















