धनगढी । सेती प्रादेशिक अस्पताललमा उपचाररत एकजना कालो ढुसी संक्रमितको मृत्यु भएको छ।
तीन दिन अघिदेखि अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाका–६ तुलसीपुरका ६५ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
उनमा लक्षण देखिएपछि ‘बायोप्सी’ परीक्षण गर्दा कालो ढुसी पुष्टि भएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















