images
images
  • कुमारी बैंक र एनसीसी बैंक मर्जर, १७ पुसबाट एकीकृत कारोबार सुरु

    काठमाडौं- कुमारी बैंक र नेपाल क्रेडिट कमर्स बैंक (एनसीसी) पुस १७ गतेबाट एक आपसमा मर्जर भएर एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

    नेपाल राष्ट्र बैंकले पुस ६ र कम्पनी रजिष्ट्रार कार्यालयले पुस ८ गते एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिइसकेको हो । साथै दुवै बैंक एक भएपछि एकीकृत कारोबार भने कुमारी बैंकको नामबाट हुने सुचना मार्फत जनाएको छ ।

    दुवै बैंकलाई एक आपसमा मर्ज हुने प्रस्ताव गत मंसिर २५ गते सम्पन्न विशेष साधारण सभाले पारित गरेको थियो ।

    दुबै बैंकले विभिन्न शाखाहरुबाट प्रदान गर्दै आइरहेको बैंकिङ सेवाहरु पुस १५ र १६ गते सार्वजनिक विदा रहेकोले सो दिन सबै सेवाहरु बन्द रहने पनि बैंकले जानाएको छ ।

    notice

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images