images
images
  • सेयर बजार ५९.८७ अंकले वृद्धि, कारोबार रकम ४ अर्ब नजिक

    काठमाडौं- मंगलबार बिहानैदेखि उक्लिएको नेप्से परिसूचकमा ५९.८७ अंकले वृद्धि भइ १९८३.८७ विन्दुमा पुगेर रोकिएको छ । मंगलबार ३।११ प्रतिशतले सेयर बजार बढेको हो ।

    सोमबार भने नेप्से परिसुचक ५७ अंकले वृद्धि भएको थियो ।

    साथैै, २६१ कम्पनीको कारोबारमा एक करोड २० लाख २९ हजार ६०३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८८ करोड ४३ लाखभन्दा बढीको सेयर कारोबार भएको छ ।

    यस्तै, लक्ष्मी बैंकको सेयर कारोबार सर्वाधिक भएको छ । कम्पनीको २० करोडभन्दा बढीको सेयर बिक्री भएको छ । यता नेपाल दुर सञ्चार कम्पनीको १४ करोड भन्दा बढीको कारोबार भएको छ ।

    यता, सिद्धार्थ बिमा, बहुउद्देशीय वित्तिय संस्था, अजोड बिमा र सृजनशील लघुवित्तको १० प्रतिशतले मूल्य वृद्धि भएको छ साथै धौलागिरि लघुवित्तको मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको हो ।

    मंगलबार सबै उपसूचकहरू उकालो लागेका छ । सबैभन्दा धेरै इन्भेष्टमेन्टका ६.४३ प्रतिशत, होटल तथा पर्यटन, फाइनान्स, हाइड्रो पावरको ४ प्रतिशत बढीले वृद्धि भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images