images
images
  • सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

    काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्य २०० रुपैयाँले बढेको छ ।

    नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार अज छापावाल सुन प्रतितोला एक लाख सात सय रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख पाँच सय रुपैयाँ कायम भएको थियो ।

    तेजाबी सुन प्रतितोला एक लाख दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सुन एक लाख रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, मंगलबार पिन चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ

    प्रतिक्रिया दिनुहोस्
    images
    images