काठमाडौं- मेगा बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा तुल्सीराम पोखरेल नियुक्त भएका छन् ।
बैंककी कामु सीईओ रवीना देशराज श्रेष्ठले गत बिहीबार दिएको राजीनामा शुक्रबार स्वीकृत गर्दै शनिबारदेखि लागु हुने गरी वरिष्ठ नायव महाप्रवन्धक पोखरेललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरिएको मानव संसाधन विभाग प्रमुख राजेन्द्र सुवेदीले जनाएका छन् ।
यसअघि बैंककी सीईओ अनुपना खुञ्जेलीले राजीनामा दिएपछि श्रेष्ठले कामु सीईओको जिम्मेवारी सम्हादै आएकी थिइन् ।
मेगा बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकबीच मर्ज भई एकीकृत कारोबार गर्ने तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















