images
images
  • प्रकाश सपुतको पहिलो देउडा गित सार्वजनिक (भिडीयोसहित)

    काठमाडौं- लोकप्रिय गायक प्रकाश सपुले नेपाली लोक गायन क्षेत्रमा बेग्लै पहिचान बनाएका छन्। उनले गाएका थुप्रै गीत आम मानिसको जनजीवनसँग गाँसिएका छन्।

    उनै गायक सपुतले पहिलोपटक देउडा गीत गाएका छन्। उनले गायिका लक्ष्मी आचार्यसँग ‘लाई हेल कालो टीको’बोलको देउडा भाकामा आवाज भरेका छन्।

    सुदूरपश्चिमको कला र संस्कृति समेटिएको यस गीतको भिडियोमा पनि गायक सपुत र गायिका आचार्यको अभिनय रहेको छ भने शब्द तथा सङ्गीत देउडा गायक नरेन्द्रराज रेग्मीका हुन् । सार्वजनिक गीतमा नरेन्द्र रेग्मीको शब्द तथा संगीत रहेको छ । गीत संयोजन, मिक्सिङ र सम्पादन श्यामश्ववेत रसाइलीको छ।

    गीतको म्युजिक भिडिओ निर्देशन मौसम हिमालीले गरेका हुन्। नवराज उप्रेतीको छायांकन रहेको भिडिओ सम्पादन प्रवीण भट्टले गरेका हुन्। भिडिओमा सह–निर्देशन विशाल घिमिरेले गरेका छन्।

    गायक प्रकाश सपुतको यो नै पहिलो देउडा गायन हो। उनले गीत सार्वजनिक भएसँगै आफ्नो पहिलो कोसिसलाई सांस्कृतिक सहिष्णुता सम्झेर स्वीकार्न अनुरोध गरेका छन्।

    प्रकाशले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘दोहोरी साझमा कार्यरत रहदा सबै खालका गितहरु गाईयो । त्यहि बेला जानिनजानी देउडामा दोहोरी पनि खुब खेलीयो तर यसरी अफिसियल रेकर्ड भने भएको थिएन । यसपाली अग्रज नरेन्द्रराज रेग्मी ज्युको संकलन रहेको ‘लाई हेल कालो टिको’ गीतलाई गायिका लक्ष्मी आचार्यले रि रेकर्ड गराई मलाई आवाज भर्ने अवसर दिनु भएको छ । सुदुरकै कलाकारले गाए जस्तो त पटक्कै नहुने रहेछ । यसलाई एउटा कोसिस र सांस्कृतिक सहिष्णुता सम्झेर स्विकारीदिनु होला।’

    हेर्नुस् भिडीयो :

    प्रतिक्रिया दिनुहोस्
    images
    images