काठमाडौं- नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला २ सयले बढेको छ ।
शुक्रबार प्रतितोला एक लाख ३ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ५ सय तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासँघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख छ । यसको मूल्य अघिल्लो दिन ९९ हजार ८ सय थियो ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार ३ सय ९० कायम रहेको महासँघले जनाएको छ ।
महासँले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औँस एक हजार सात सय ९८ दशमलव ५८ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















