दिल्ली । भारतमा कोरोनाभाइरस पछिल्लो २४ घण्टामा १ लाख ३४ हजार १ सय ५४ जना नयाँ संक्रमित थपिएका छन
भारतमा २४ घण्टामा २ हजार ८ सय ८७ जनाको मृत्यु भएको छ भने २लाख ११ हजार ४ सय जना डिस्चार्ज भएका छन् ।
मन्त्रालयका अनुसार भारतमा पछिल्ला केही दिनदेखि संक्रमितको संख्यामा निकै कमी आएको छ । अहिलेसम्म २ करोड ८४ लाख भन्दा बढी संक्रमित छन् भने २ करोड ६३ लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् ।
भारतमा अहिलेसम्म कुल ३ लाख ३७ हजार ९ सय ८९ जनाले ज्यान गुमाइसकेका छन् भने हाल १७ लाख १३ हजार ४ सय १३ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















