images
images
  • ट्रेडिङ डेमो खाता लञ्च गर्ने नेप्सेको तयारी

    काठमाडौं- नेपाल स्टक एक्सचेन्ज नेप्सेले ट्रेडिङ डेमो खाता अर्थात् सिमुलेसन सफ्टवेयर लञ्च गर्ने तयारी गरेको छ। नेप्सेले आगामी वार्षिक साधारण सभामार्फत उक्त खाता लञ्च गर्ने तयारी गरेको हो। नेप्सेको आगामी साधारणसभा यही पुष २९ गते हुनेछ ।
    नयाँ तथा सेयर बजारमा आउने नवप्रवेशी लगानीकर्तालाई मध्यनजर गर्दै नेप्सेले सो सुविधा उपलब्ध गराउने भएको जनाएको छ। यस्तो खाताबाट कारोबार गर्दा लगानीकर्ता बजारमा प्रवेश गर्नुअघि टीएमएसका विभिन्न सुविधाहरू प्रयोग गर्न सक्षम बनाउने नेप्सेले जनाएको छ ।

    तर, लगानीकर्ताहरुले ट्रेडिङ डेमो खाताबाट पैसा कमाउन भने नसक्ने नेप्सेले जनाएको छ। लगानीकर्ताले डेमो खाता अनलाइनबाटै खोल्न पाउँछन्। डेमो खाताले बजारको अभ्यास मात्र गराउने भएकाले यसमा लगानीकर्ताको लगानी नडुब्ने र शून्य जोखिम भएकाले पनि यो सेवा लगानीकर्ताका लागि लाभदायी रहने नेप्सेले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images