काठमाडौं- मर्जरका लागि सहमति गर्ने वाणिज्य बैंक र लघुवित्त संस्थाहरूले अब सहुलियत नपाउने भएका छन्। नेपाल राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिमा, पुष मसान्तसम्म एकीकृत कारोबार गर्ने त्यस्ता संस्थाहरू लाई पनि सहुलियत प्याकेज घोषणा गरेको थियो।
यसअघि मर्जर सम्झौता गरेका पाँच जोर बैंकहरुले पुसअघि नै एकीकृत कारोबार गर्दैछन्। कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले पुष १७ गते एकीकृत कारोबार गर्ने योजना बनाएका छन्।
ग्लोबल आइएमइ बैंक र बैंक अफ काठमाण्डू (बिओके) पुष मसान्तमा, नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले पुस मसान्तअघि एकीकृत कारोबार गर्ने लक्ष्य लिएका छन्। प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकले पनि मसान्तअघि नै एकीकृत कारोबार गर्ने तयारी गरेका छन्। हिमालयन बैंक र सिभिल बैंकले पुषदेखि नै एकीति कारोबार गर्ने तयारी गरिरहेको बुझिन्छ ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरुको संख्या धेरै भएको र त्यसलाई केही मात्रामा घटाउने भनेर घुमाउरो पाराले ुफोर्सफुलु मर्जरको योजना अगाडि सारेको थियो। त्यसैले उसले पुस मसान्तको समय दिएर मर्जरमा जान प्रेरित गरेको थियो ।


विश्व खबर 



















