images
images
  • कर्दा ट्रिपल एक्स रम बजारमा

    काठमाडौं-दि नेपाल डिस्टिलरिजले कर्दा ट्रिपल एक्स रम बजारमा ल्याएको छ।

    कम्पनीले पहिलो पटक ४० यूपी सेग्मेन्टको बजारमा प्रवेश गर्दै यो मदिरा उत्पादन गरेको हो। लामो समयदेखि कम्पनीले २५ यूपी र ३० यूपीको रम तथा मदिरा उत्पादन गर्दै आएको थियो। कर्दा ट्रिपल एक्स ४० यूपी सेग्मेन्टमा नेपाली बजारमा उपलब्धमध्येकै स्तरीय मदिरा रहेको ‘दी नेपाल डिस्टिलरिज’ का महाप्रबन्धक सुभाष लामिछानेको दाबी छ।

    ग्राहकको यो सेग्मेन्टका मदिराप्रति पछिल्लो समय बढेको आकर्षणलाई सम्बोधन गर्दै कम्पनीले ‘कर्दा ट्रिपल एक्स’ बजारमा ल्याएको उनले बताए। यसमा अल्कोहलको मात्रा २५ र ३० यूपीको मदिरामा भन्दा कम हुन्छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images