images
images
  • हिमालयन बैंकले ८ प्रतिशत बोनस सेयर दिने

    हिमालयन बैंक लिमिटेडले आफ्ना सेयर लगानीकर्ताहरूलाई ८ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको ४२७औं सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरूलाई ८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

    बैंकले आफ्ना लगानीकर्तालाई गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको हो । यो प्रस्ताव बैंकको आगामी वार्षिक साधारण सभाबाट र नेपाल राष्ट्र बैंकबाट पारित हुनुपर्ने छ ।

    कम्पनीले गत आर्थिक वर्ष २१.३८ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । यस्तै, ४.६२ प्रतिशत नगद लाभांस वितरण गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष कम्पनीको बोनस सेयर १२ प्रतिशतले खुम्चिएको हो । यस्तै, नगद लाभांस भने ७ प्रतिशतले बढेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images