images
images
  • फरवार्ड माइक्रोफाइनान्सले ३० प्रतिशत लाभांश दिने, बोनस कति ?

    काठमाडौं – फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षसम्मको वितरणका लागि उपलब्ध मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

    पुस ४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले ३० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    लघुवित्तले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतका दरले हुन आउने २१ करोड ११ लाख १२ हजार ७४६ रुपैयाँ ८८ पैसा बराबरको बोनस सेयर र सोको कर प्रयोजनका लागि ५ प्रतिशतका दरले हुन आउने ४ करोड २२ लाख २२ हजार ५४९ रुपैयाँ ३७ पैसा बराबरको नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images