images
images
  • सिद्धार्थ बैंकको लाभांश घोषणा

    सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैँकले २०७८–०७९ वर्षको मुनाफाबाट १३.१६ लाभांश दिने भएको छ । मंगलबार बसेको सञ्चालक समिति बैठकले १२.५० बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ नगद गरी कुल १३.१६ लाभांश दिने निर्णय गरेको हो ।

    नेपाल राष्ट्र बैंक र सिद्धार्थ बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुने बैँकले जनाएको छ । १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार रूपैयाँ बैंकले हाल कायम चुक्ता पुँजीमा उक्त लाभांश प्रस्ताव गरेको हो ।

    बैंकले १४.२५ बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ नगद लाभांश अघिल्लो वर्ष वितरण गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images