images
images
  • नेको इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौैं – नेको इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।

    आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो ।

    कम्पनीले १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस १५ प्रतिशत र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

    कम्पनीको यो प्रस्ताव बीमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

    nec co

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images