images
images
  • बैंक अफ काठमाण्डूलाई दुई करोड ११ लाख ८५ हजार जरिवाना

    काठमाडौं-बैंक अफ काठमाण्डूले दुई करोड ११ लाख ८५ हजार ६० रुपैयाँ जरिवाना तिरेको छ ।

    नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको तीन महिनामा गरेको अध्ययन अनुसार सो बैंकले विपन्न वर्ग क्षेत्र कर्जा केन्द्रीय बैंकले तोकेअनुसार नपुर्‍याएपछि जरिवाना तिरेको हो ।

    राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुला विपन्न वर्ग कर्जा कुल कर्जाको कम्तीमा ५ प्रतिशत प्रवाह गर्नुपर्ने व्यवस्था छ । सो नपुगेको खण्डमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कारबाही वा जरिवाना गर्न सक्छ ।

    सो बैंकले केन्द्रीय बैंकले रोक्का राख्न निर्देशन दिएका खाताहरूमा पनि कारोबार गरेको पाइएपछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रवणलाल मास्केलाई बोलाएर सचेत गराएको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images