images
images
  • आईसीएफसी फाइनान्सको लाभांश घोषणा

    काठमाडौं – आईसीएफसी फाइनान्सले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।

    फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

    फाइनान्सले ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

    मंसिर १४ गते सम्पन्न भएको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुने छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images