images
images
  • व्यापारघाटा : ४ महिनामा पौने ५ खर्ब

    काठमाडौं – नेपालले चालु आर्थिक वर्षको चार महिनाको अवधिमा पौने ५ खर्बको व्यापारघाटा व्यहोरेको छ । नेपालले साउनदेखि कात्तिक मसान्तसम्ममा ४ खर्ब ७७ अर्ब ९१ करोड ७० लाख ६५ हजार रुपैयाँ व्यापाघाटा व्यहोरेको भन्सार विभागको तथ्याङ्क छ ।

    विभागअनुसार गत वर्षको सोही अवधिमा नेपालले ५ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ व्यापारघाटा व्यहोरेको थियो । यो वर्ष गत वर्षको तुलनामा १५.८८ प्रतिशतले व्यापारघाटा कम भएको छ ।

    त्यस्तै, नेपालले चार महिनाको अवधिमा ५ खर्ब ३२ अर्ब ६९ करोड १३ लाख १ हजार रुपैयाँको वस्तु आयात गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले ६ खर्ब ५० अर्ब २९ करोड ४३ लाख रुपैयाँको वस्तु आयात गरेको थियो ।

    सरकारले उच्च आयातका कारण तरलता अभाव भएको भन्दै विभिन्न वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । जसले गर्दा यो वर्षको चार महिनाको अवधिमा गत वर्षको तुलनामा १८.० प्रतिशतले कमी आएको विभागले जनाएको छ ।

    त्यसैगरी, चार महिनाको अवधिमा ३३.३० प्रतिशतले निर्यातमा कमी आएको छ । भन्सार विभागको तथ्याङ्अनुसार चार महिनाको अवधिमा ५४ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ मूल्य बराबरको वस्तु निर्यात गरेको छ ।

    गत वर्षको सोही अवधिमा नेपालले ८२ अर्ब १२ करोड ४२ लाख ९५ हजार मूल्य बराबरको वस्तु निर्यात गरेको थियो ।

    नेपालले चार महिनामा ५ खर्ब ८७ अर्ब ४६ करोड ५६ लाख ९७ हजार रुपैयाँको वैदेशिक व्यापार गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले ७ खर्ब ३२ अर्ब ४१ करोड ८६ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो ।

    चार महिनाको अवधिमा सरकारले १ खर्ब २६ अर्ब ६२ करोड २२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

    मुख्य आयातित १० वस्तु
    डिजेल– ४४ अर्ब २८ करोड ५१ लाख रुपैयाँ
    पेट्रोल– २३ अर्ब ६९ करोड ७० लाख रुपैयाँ
    एलपीजी ग्यास– १९ अर्ब ६४ करोड ४७ लाख रुपैयाँ
    कच्चा भटमासको तेल– १८ अर्ब २९ करोड ५६ लाख रुपैयाँ
    कच्चा पाम तेल– १२ अर्ब ८७ करोड ३७ लाख रुपैयाँ
    फेरस प्रोडक्ट– १२ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ
    कच्चा सुनः ११ अर्ब ८३ करोड ५१ लाख रुपैयाँ
    हट–रोल्ड स्टिलः १० अर्ब ३३ करोड ३८ लाख रुपैयाँ
    मोबाइलफोनः १० अर्ब १० करोड ९९ लाख रुपैयाँ
    सुनः ७ अर्ब ९५ करोड १८ लाख रुपैयाँ

    मुख्य निर्यातित १० वस्तु
    पामोलिन तेलः ५ अर्ब ५४ करोड ४९ लाख रुपैयाँ
    भटमासको तेलः ५ अर्ब ३२ करोड २३ लाख रुपैयाँ
    कार्पेटः ३ अर्ब ९३ करोड १२ लाख रुपैयाँ
    पाम तेलः ४ अर्ब ४८ करोड ११ लाख रुपैयाँ
    अलैंचीः १ अर्ब ९६ करोड २६ लाख रुपैयाँ
    फेल्टः १ अर्ब ९४ करोड ५९ लाख रुपैयाँ
    चियाः १ अर्ब ७१ करोड ७० लाख रुपैयाँ
    जुसः १ अर्ब ४० करोड १४ लाख रुपैयाँ
    धागोः १ अर्ब ३२ करोड ७९ लाख रुपैयाँ
    फ्याब्रिक जुटः १ अर्ब १३ करोड २५ लाख रुपैयाँ

    प्रतिक्रिया दिनुहोस्
    images
    images