काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ५ हजार ३१६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । बुधबार १०१ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८०५ नमुना पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । संक्रमण दर ३२७ प्रतिशत पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार २१९ जना डिस्चार्ज भएका छन् । निको हुने दर ८०.८ प्रतिशत छ ।
सक्रिय संक्रमित संख्या १ लाख १ हजार ९९३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















