images
images
  • सिद्धार्थ इन्स्योरेन्सले गर्‍यो लाभांश घोषणा

    काठमाडौं – सिद्धार्थ इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव गरेको छ ।

    २९ कात्तिक मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

    इन्स्योरेन्सले सेयधनीलाई हाल कायम चुक्ता पूँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँको ९.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    कम्पनीको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images