images
images
  • रिलायबल नेपाल लाइफको नाफा ३४.७० प्रतिशतले बढ्यो

    काठमाडौं – चालु आर्थिक वर्षको पहिलो त्रैमासमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क ८.१७ प्रतिशतले घटेर ८५ करोड २९ लाख रुपैयाँमा सीमित भएको छ ।

    गत आवको सोही अवधिमा इन्स्योरेन्सले ९२ करोड ८९ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

    कम्पनीको खुद नाफामा भने सुधार आएको छ । यस अवधिमा रिलायबलले १० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिको तुलनामा इन्स्योरेन्सको नाफा ३४.७० प्रतिशतले बढेको हो ।

    गत आवको सोही अवधिमा इन्स्योरेन्सले ७ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

    कम्पनीले यस अवधिमा लगानी, कर्जा तथा अन्य आयबाट १६ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तै, यस अवधिमा इन्स्योरेन्सले बीमालेखको धितोमा कर्जाबाट ८ लाख रुपैयाँ आम्दानी गरेको ।

    कम्पनीले पहिलो त्रैमासको अवधिमा अभिकर्ता कमिशनका लागि २२ करोड २१ लाख रुपैयाँ खर्चेको छ ।

    ७८३ बीमा दावीवापत २६ करोड १९ लाख ४७ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।

    २ अर्ब ८० करोड रुपैयाँ चुक्ता पुँजी रहेको पुगेको छ । कम्पनीले साविक संस्थापक सेयरधनीहरुलाई १ः१ हकप्रद सेयर जारी गरी चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँबाट बढाएर २ अर्ब ८० करोड रुपैयाँ कायम गरेको हो ।

    कम्पनीको जगेडा तथा कोषमा १ अर्ब १८ करोड १२ लाख रुपैयाँ र बीमा कोषमा ५ अर्ब १५ करोड ५४ लाख रुपैयाँ सञ्चित छ । यस अवधिमा इन्स्योरेन्सको वार्षिक प्रतिसेयर आम्दानी १४.३४ र प्रति सेयर नेटवर्थ १४६.३८ रुपैयाँ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images