images
images
  • सानिमाले ल्यायो भिसा डाइरेक्ट सेवा

    काठमाडौं – सानिमा बैंकले सानिमा भिसा डाइरेक्ट सेवा सञ्चालनमा ल्याएको छ । यो सेवामार्फत ग्राहकले विदेशबाट पठाएको पैसा तुरुन्तै प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

    विश्वभरबाट सानिमाको भिसा कार्ड नम्बरमा विभिन्न डिजिटल माध्यम इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र एटीएमबाट सजिलै रकमान्तर गर्न सकिने कम्पनीले जनाएको छ ।

    यो सेवा नवीन प्रविधि भएकोले विश्वभरबाट सानिमा बैंकको भिसा कार्ड नम्बरमा पैसा प्राप्त गर्ने उपयुक्त वैकल्पिक माध्यम रहेको समेत कम्पनीको भनाइ छ ।

    उक्त सेवा बैंकले भिसा इन्टरनेसनलसँग सहकार्य गरी प्रदान गरेको हो । यो सरल, सुरक्षित र छरिटो सेवा रहेको समेत बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images