काठमाडौं – एलजी ब्राण्डको आधिकारीक विक्रेता सिजी इम्पेक्सले वर्ल्डकप लक्षित गरी युक्यू सिरिज को युएचडि टिभी नेपाली बजारमा ल्याएको छ ।
एलजीको युएचडि टिभी श्रेणीमा ४३ इन्च, ५० इन्च, ५५ इन्च, ६५ इन्च ७५ इन्च र ८६ इन्चको टिभी नेपाली बजारमा ल्याएको छ ।
युएचडि टिभी श्रेणीमा नेपालकै नं १ टिभी ब्राण्डमा आफूलाई स्थापना गरेको एलजीले नयाँ मोडेलको टिभीहरु नेपालमा ल्याएको छ ।
यस टिभीमा रियल फोरके डिस्प्लेसँगै तीन साईड सिनेमा स्क्रीन डिजाईन का साथै क्वाड कोर प्रोसेसर फोर के, वेभ ओएस ६.० अपरेटिङ सिस्टम, आईपिएस प्यानल फोर के, एचजिआईजि मोड, अटोलो ल्याटेन्सी मोड (एएलएलएम) गेम अप्टिमाईजर, एआई ब्राइटनेस, एआई साउण्ड, एचडिआर टेक्नोलोजी (एचडिआर १०, एचएलजी) फिल्ममेकर मोड, म्याजिक मोसन रिमोट कन्ट्रोल (एमएमआरसि) स्पोर्टस अलट जस्ता थुप्रै विशेषताहरु रहेको छ ।
यस टिभीमा एलजी थिङक्यु एआई टेक्नोलोजी रहेको छ जसले एक सुव्यवस्थित अनुभव प्रदान गर्दछ साथै एमेजोन ऐलेक्सा, गुगल असिस्टेन र एप्पल एयर प्लेय २ सँग होमकिट जस्ता विशेषताहरु प्नि रहेको छ ।
एप्पल एयर प्लेय २ को मद्दतले तपाईले आफ्नो आईफोनबाट सिधै स्क्रिन सेयररस्क्रिन मिरर गर्न मिल्छ । गुगल असिस्टेन को मद्दतले तपाई आफ्नो टिभीलाई आफ्नो आवाजले नियन्यत्र गर्न सक्नुहुनेछ । एलजीका सबै साईजका टिभीहरु सुलभ मुल्यमा नेपाली बजारमा उपलब्ध छन् ।


विश्व खबर 



















