images
images
  • भैरहवा भन्सार कार्यालयद्वारा २ करोड बढीको अवैध सामान बरामद

    भैरहवा – भैरहवा भन्सार कार्यालयले रुपन्देहीका विभिन्न ठाउँमा छापामारि ठूलो परिणाममा सामान बरामद गरेको छ । मंगलवार विशेष सुराकीको आधारमा खानतलासी गर्दा कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. ८ बर्कुलबाट लत्ताकपडा, जुत्ता चप्पल, खेलौना, सुर्तीजन्य पदार्थको खोल, चिनी लगायतका सामान भैरहवा भन्सार कार्यालयको अनुगमन टोलीले बरामद गरेको हो ।

    पक्राउ परेको सामानको मूल्य अनुमानित २ करोड रहेको भन्सार कार्यालयले जनाएको छ । तस्करहरूले थोरै थोरै गरेर सामान गोदाममा पुर्याउने र गाडी भरिने भएपछि अन्य जिल्लामा पठाउनको लागि एकै ठाउँ जम्मा भएको हुन सक्ने भैरहवा भन्सार कार्यालय रुपन्देहीका प्रमुख मणिराम पौडेलले बताए ।

    निर्वाचन नजिकिएसँग रुपन्देहीको सीमावर्ती क्षेत्रमा तस्करी मौलाएको छ । नेताहरू चुनाव केन्द्रित भइरहेको बेलामा तस्करहरू प्रहरी प्रशासनको सेटिङमा तस्करी गरिरहेका छन् । दिनमा दुई गुना रातमा चार गुनाका दरले मोटरसाइकल साइकलमा चिनी, चियापत्ति, मसला, किराना सामान, मोटर पार्टस लगाएका सामान अहिले सबैभन्दा बढी तस्करी हुने गरेको छ ।

    रुपन्देहीका मुख्य नाका सेमलपानी, मर्चवार, कर्महवा, दुर्गौलिया, मेउडिहवा, बुचीबर्मा, लुम्बिनी, बेलहिया, बोगटी, करौता, कक्रहवा, भगवानपुर हुन् । रुपन्देहीका सबैजसो नाकाबाट तस्करी हुन्छ । तस्करी गर्ने छोटु, महावीर, अफरोज, प्रेम, शैलेश, लल्लु, शैलेन्द्र, वीरेन्द्र, मोविन, मास्टर, सुवास, अमरजित, अब्दुल, सीताराम, प्रकाश नामका तस्करहरूले प्रहरीसँगको सेटिङमा तस्करी गर्दै आएका छन् ।

    गृहमन्त्रीको जिल्लामा मन्त्री चुनावी प्रचार प्रसारमा तस्कर भने प्रहरी सँगको सेटिङमा चलिरहेका छन् । भन्सार प्रमुख मणिराम पौडेल गत वर्ष मदिरामा लगाइन अन्तशुल्क स्टिकर काण्डमा विभाग तानिएका थिए । अहिले फेरी उनै पौडेल भैरहवा भन्सार कार्यालयको प्रमुख भएर आएका छन् । रुपन्देहीमा तस्कर गर्दै आएका तस्करहरू रुपन्देही प्रहरी प्रमुख मनोज केसी आएपश्चात कपिलवस्तु र नवलपरासी केन्द्रित भएको स्रोतको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images