images
images
  • सम्बन्धबिच्छेद भएको २० वर्ष पछि पनि , मेरो नाम लिन अझै किन नछोडेको भन्दै भुवन माथि खनिइन् सुस्मिता

    काठमाडौं – अभिनेता भुवन केसी तेश्रो बिहेको तयारीमा रहिरहदा पुर्वपत्नि अभिनेत्री सुस्मिताले बोलेकी छिन् । अभिनेता भुवनले मिडियामा सुस्मितालाई पनि जोडेर बोलेपछि अन्नत उनी पनि मुख खोल्न बाध्य भएकी हुन् ।

    सुस्मिताले समाजको अगाडि आफ्नो चरित्रलाई बदनाम गराएको भुबनलाई आरोप लगाएकी छन् । मिडियामा सुस्मिताकै कारण आफूले तेश्रो बिहे गर्न पर्ने प्रतिक्रिया दिएपछि उनले यस्तो बताएकी हुन् ।

    दुवैको सहमती र खुसीमै सम्बन्धबिच्छेद गरेको उनको भनाइ छ । अहिले आएर आफुलाई मात्र आरोप लगाएको र सो आरोप गलत भएको सुस्मिता बताउछिन् ।

    उनी भन्छिन् ‘म अहिले पनि सिंगल छु र भारतमा परिवारसँग बसिरहेकी छु । अलग भएको २० वर्षपछि पनि किन भुवनजी मेरो नाम लिंदै हिंडिरहनुभएको छ ?’

    ’भुवन नायिका जिया केसी संग लगन गाठो कस्ने तयारीमा रहेका छन् । उनी जीयासँग लामो समय देखी लिभइनरिलेसनमा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images