images
images
  • एलन मस्कले गरे तीन कर्मचारीलाई बर्खास्त

    काठमाडौं । ट्विटरको स्वामित्व लिएसँगै विश्वका सबैभन्दा धनी एलन मस्कले तीन उच्च तहका कर्मचारीलाई बर्खास्त गरे ।

    कम्पनीका प्रमुख कार्यकारी पराग अग्रवाल, चिफ फाइनेन्सियल अफिसर नेड सेगल र लिगल अफेयर्स एण्ड पोलिसी प्रमुख विजया गड्डेलाई मस्कले हटाइदिए ।

    ब्लूमबर्गको रिपोर्टअनुसार ट्विटरले तीन अधिकारीमाथि कारबाहीको जरिवाना स्वरुप कुल १ सय मिलियन डलर ९करिब १३ अर्ब २५ करोड ४१ लाख नेपाली रुपैयाँ० तिर्ने छ ।

    यसमा पराग अग्रवालले सबैभन्दा धेरै ५० मिलियन डलर (करिब ६ अर्ब ६२ करोड नेपाली रुपैयाँ) पाएका छन् । त्यस्तै सेगलले ३७ मिलियन डलर र गड्डेले १७ मिलियन डलर रुपैयाँ ट्वीटरले दिने छ ।

    गतवर्ष नोभेम्बरमा ज्याक डोर्सीले राजीनामा दिएपछि पराग अग्रवाललाई ट्विटरले सीईओ नियुक्त गरेको थियो । पराग नोभेम्बरमा सीईओ बन्नु अघि ट्विटरका चिफ टेक्नोलोजी अफिसर थिए । २०२१ मा उनले तलब र भत्ताको रुपमा ३.०४ करोड डलर पाएका थिए ।

    सीईओको रूपमा अग्रवालको तलब वार्षिक १ मिलियन डलर अर्थात ९ करोड २४ लाख भारतीय रुपैयाँ तोकिएको थियो ।

    द वाशिंगटन पोस्टको एक रिपोर्टका अनुसार, मस्कको कम्पनीका ७ हजार ५ सय कर्मचारीमध्ये ७५ प्रतिशत अर्थात करीब ५ हजार ६ सय कर्मचारीलाई जागिरबाट हटाउन सक्ने छ ।

    उनले ट्विटर डीलका क्रममा सम्भावित लगानीकर्तासँग यस्तो बताएका थिए । तर यो रिपोर्ट आएपछि ट्विटरका जनरल काउन्सिल सीन एडगेटले यसलाई अस्वीकार गरेको छ ।

    ट्विटरका नयाँ मालिक मस्कले डील भएसँगै ट्वीट गर्दै चरो स्वतन्त्र भएको उल्लेख गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images