images
images
  • तीन महिनामा वाणिज्य बैंकको नाफा ६% ले बढ्यो: दर्जनको घट्यो, कुनको कति ?

    काठमाडौं-चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वाणिज्य बैंकहरुको नाफामा सुधार आएको छ ।बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव भएको समयमा पनि बैंकको नाफामा भने सुधार देखिएको छ । सञ्चालनमा रहेका सबै बैंकहरुको नाफा नबढेको भए पनि समग्रमा बैंकको नाफा ५.९३ प्रतिशतले बढेको छ ।

    गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुले १७ अर्ब ७० करोड ५७ लाख ४३ हजार रुपैयाँ नाफा आर्जन गरेका थिए । चालु आवको सोही अवधिमा आइपुग्दा बैंकको नाफा ५.९३ प्रतिशतले बढेर १८ अर्ब ७५ करोड ६८ लाख १५ हजार रुपैयाँ पुगेको छ ।असोज मसान्तसम्म बैंकको नाफा ६ देखि ८५ प्रतिशतसम्म बढेको छ । सबैभन्दा धेरै कुमारी बैंकले नाफा ८५.०७ प्रतिशतले बढाएको छ भने ग्लोबल आइएमई बैंकको नाफा ६.९७ प्रतिशतले बढेको छ ।

    १२ बैंकको नाफा घट्यो
    सञ्चलानमा रहेका २६ वटा बैंकमध्ये १२ वटा बैंकको नाफा घटेको छ भने बाँकी १४ वटा बैंकको नाफा बढेको छ । नाफा घटेका बैंकमा एनसीसी बैंक ०.२३ प्रतिशत, मेगा बैंक ४४.३३ प्रतिशत, सानिमा बैंक ३.४५ प्रतिशत, सिटिजन्स बैंक २७.०८ प्रतिशत, माछापुच्छ्रे बैंक १९.६५ प्रतिशत, सनराइज बैंक ६१.४९ प्रतिशत, प्राइम बैंकको नाफा १०.६१ प्रतिशतले घटेको छ ।यस्तै नेपाल बैंक १९.६५, एनएमबि बैंक १३.४५, लक्ष्मी बैंक ८.९३, कृषि विकास बैंकको नाफा ५४.४७ र सिद्धार्थ बैंकको नाफा ४७.४८ प्रतिशतले घटेको छ ।

    ६ बैंक अर्ब क्लबमा
    असोज मसान्तसम्म वाणिज्य बैंकले आर्जन गरेको नाफा अनुसार ६ वटा बैंक अर्ब क्लबमा प्रवेश गरेका छन् । अर्ब बढी नाफा कमाउनेमा कुमारी, नेपाल इन्भेष्टमेन्ट, नबिल, राष्ट्रिय वाणिज्य, एनआईसी एशिया र ग्लोबल आइएमई बैंक रहेका छन् ।सबैभन्दा बढी नाफा एनआईसी एशिया बैंकले आर्जन गरेको छ ।

    बैंकले चालु आर्थिक वर्षको तीन महिनामा १ अर्ब ७५ करोड ६७ लाख ७९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो अवधिमा बैंकको नाफा ४८.९७ प्रतिशतले बढेको छ । यस्तै दोस्रोमा रहेको नबिल बैंकले चालु आर्थिक वर्षको तीन महिनामा १ अर्ब ५७ करोड १५ लाख ३७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

    यो अवधिमा बैंकको नाफा ४१.२९ प्रतिशतले बढेको छ । कुमारी बैंकले १ अर्ब १४ लाख ५९ हजार, इन्भेष्टमेन्ट बैंकले १ अर्ब १४ करोड ५ लाख ९७ हजार, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २४ करोड ६६ लाख ७८ हजार र ग्लोबल आइएमई बैंकले १ अर्ब १८ करोड ९५ लाख ४५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । सबैभन्दा थोरै नाफा सनराइज बैंकले १६ करोड ५८ लाख २७ हजार रुपैयाँ आर्जन गरेको छ ।

    नाफा बढाउन सफल बैंकहरु:

    बैंकको नाम                                            नाफा प्रतिशत
    कुमारी बैंक                                              ८५.०७
    स्ट्याण्डर्ड चार्टर्ड बैंक                                ६८.३९
    नेपाल एसबीआई बैंक                               ६८.२३
    एभरेष्ट बैंक                                               ४८.९५
    एनआईसी एशिया                                    ४८.७९
    सिभिल बैंक                                             ४२.२२
    नबिल बैंक                                               ४१.२९
    नेपाल इन्भष्टमेन्ट बैंक                               २३.४६
    राष्ट्रिय वाणिज्य बैंक                                  १८.६६
    हिमालयन बैंक                                        १७.५८
    सेञ्चुरी बैंक                                            १६.८९
    प्रभु बैंक                                                  १०.७९
    बैंक अफ काठमाण्डू                                १०.७०
    ग्लोबल आइएमई बैंक                              ६.९५

    ← Back

    Thank you for your response. ✨

    प्रतिक्रिया दिनुहोस्
    images
    images