काठमाडौं-चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा विकास बैंकको नाफा घटेको छ । बैंकहरुले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकहरुको नाफा ३०.०७ प्रतिशतले घटेको हो ।
३० प्रतिशतभन्दा बढीले घटेर विकास बैंकहरुको नाफा तीन महिनामा १ अर्ब ९ करोड ७२ लाख ५४ हजार ३७९ रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा भने विकास बैंकहरुको नाफा १ अर्ब ५६ करोड ९१ लाख ४ हजार २४४ रुपैयाँ रहेको थियो । पहिलो त्रैमासिकमा ८ वटा विकास बैंकमध्ये ५ वटा विकास बैंकको नाफा घटेको छ भने तीन वटा विकास बैंकको मात्रै नाफा बढेको विवरणले देखाएको छ ।
पहिलो त्रैमासिकमा शाइन रेसुङ्गा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, गरिमा विकास बैंकले नाफा बढाएका छन् । यो अवधिमा शाइन रेसुङ्गा विकास बैंकको नाफा ४१.९१ प्रतिशतले बढेको छ । त्यस्तै साङ्ग्रीला विकास बैंकको १.६७ प्रतिशत र गरिमा विकास बैंकको ४.८३ प्रतिशतले नाफा बढेको छ । तीन महिनाको अवधिमा शाइन रेसुङ्गा बैंकले २० करोड ९१ लाख ३६ हजार बढी रुपैयाँ नाफा कमाएको छ । त्यस्तै साङग्रिला डेभलपमेन्ट बैंकले ५ करोड ५३ लाख ४५ हजार ९२७ रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै गरिमा विकास बैंकले भने यो अवधिमा १९ करोड ३३ लाख २८ हजार १२६ रुपैयाँ रहेको छ ।
मुक्तिनाथ विकास बैंकको नाफा ११.०४ प्रतिशतले घटेको छ । चालु आवको तीन महिनामा बैंकको नाफा घटेर ३० करोड ७४ लाख १५ हजार ३८२ रुपैयाँ रहेको छ । यता ज्योति विकास बैंकको नाफा पनि ५४.०५ प्रतिशतले घटेर १० करोड ९८ हजार ३३९ रुपैयाँमा सिमित भएको छ ।
चालु आर्थिक वर्षको तीन महिनामा महालक्ष्मी विकास बैंकको नाफा पनि ४८.२३ प्रतिशतले घटेको छ । यो अवधिमा बैंकको नाफा ११ करोड ९३ लाख ३९ हजार ९४१ रुपैयाँमा सिमित भएको छ । पहिलो त्रैमासिकमा आइपुग्दा नाफा घटेका विकास बैंकहरुमा कामना सेवा, लुम्बिनी विकास बैंक, मुक्तिनाथ विका बैंक, ज्योति विकास बैंक र महालक्ष्मी विकास बैंक रहेका छन् ।
चालु आर्थिक वर्षको सुरुको पहिलो तीन महिनामा कामना सेवाको नाफा ७६.३५ प्रतिशतले घटेर ४ करोड १५ लाख ६१ हजार ३१० रुपैयाँ रहेको छ । यता लुम्बिनी विकास बैंकको नाफा ६६.६७ प्रतिशतले घटेर ७ करोड १० लाख २९ हजार ३४५ रुपैयाँ रहेको छ ।


विश्व खबर 



















