images
images
  • नेपाल राष्ट्र बैंकले ५ अर्ब ६० करोड बराबरको ट्रेजरी बिल जारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ अर्ब ६० करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

    सोमवार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकले ९१ दिनको लागि ३ अर्ब ६० करोड बरारबको ट्रेजरी जारी गर्न लागेको हो ।

    यो ट्रेजरी माघ १० गते परिपक्व हुनेछ । बैंकले १ वर्षको लागि २ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ। यो ट्रेजरी २०८० कात्तिक ७ गते परिपक्व हुनेछ ।

    ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images