images
images
  • कुहिएको मासु भेटिएको समाचारमा बर्गर हाउसकाे खण्डन: भ्रामक समाचार लेख्ने मिडियालाई कारबाहीका लागि प्रेस काउन्सिललाई अनुरोध

    काठमाडौं-काठमाडौं महानगरपालिकाले गरेको अनुगमनको क्रममा नयाँ बानेश्वरमा सञ्चालित द बर्गर हाउस एन्ड क्रन्चि चिकेनमा कुहिएको मासु भेटिएको समाचारप्रति खण्डन गरेको छ।

    बर्गर हाउसले शुक्रबार विज्ञप्ति जारी गर्दै महानगरले गर्ने नियमित अनुगमनका क्रममा केही युटुबेहरू छिरेर भ्रामक समाचार बनाएर आफूहरूको प्रतिष्ठामाथि नै प्रश्न उठाएको भन्दै सत्य तथ्य छानबिन गरी आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघ केन्द्रीय समितिलाई अनुरोधसमेत गरेको छ।

    बर्गर हाउस नयाँ बानेश्वरका सञ्चालक विष्णुकुमार पाख्रिन तामाङले महानगरले कात्तिक १ गते बुधबार नयाँ बानेश्वर क्षेत्रमा रहेका रेष्टुराँहरूको अनुगमन गर्ने क्रममा बर्गर हाउसमा पनि अनुगमन गरेको सत्य भएपनि कुहिएको मासु नभेटिएको बताए।

    अनुगमनमा खटिएको महानगरको स्वास्थ्य विभागले समेत हाम्रो रेष्टुराँबाट लगेको मासुमा कुनै खराबी नदेखिएको र रेष्टुराँमा राख्दा फिर्ता गर्नुपर्ने र उपभोक्तालाई खुवाउने छुट्टाछुट्टै राख्न भनि निर्देशन गरिसकेको अवस्थामा समेत गलत मनसायले समाचार प्रकाशन/प्रसारण हुनुमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    ‘केही युटुब, अनलाइन, टेलिभिजन र सामाजिक संजालहरूमा गलत र भ्रामक समाचारहरू प्रकाशित भएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ सञ्चालक पाख्रिनले भने ‘सत्यतथ्य नबुझि एकतर्फि रूपमा समाचार प्रकाशन गरि उपभोक्तालाई दिग्भ्रमित गरेकोप्रति कडा आलोचना गर्न चाहन्छौं।’

    अनुगमन गरेको विषयलाई तोडमोड गरि एकतर्फि समाचार प्रकाशन गर्नु पत्रकारिताको आचारसंहिता विपरित भएको निश्कर्ष रहेको उनको भनाइ छ।

    ‘यस्ता भ्रामक समाचार प्रकाशन र प्रसारण गर्नेहरू माथि छानबिन गरी कानुनी कारबाही गर्न समेत सम्बन्धित निकायलाई अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएकाे छ, ‘उपभोक्ता भनेको हाम्रै परिवार हो, परिवारको स्वास्थ्य हाम्रो स्वास्थ्य हो, त्यसैले बर्गर हाउसमा आउने ग्राहकहरूलाई स्वस्थ्यकर परिकार खुवाउने प्रतिबद्धता सदैब रहन्छ। यस्ता गलत र भ्रामक समाचारका पछि नलागिदिन समेत आम उपभोक्ताहरूलाई अनुरोध गर्दर्छौ।’

    1 753x1024 1 2 2

    प्रतिक्रिया दिनुहोस्
    images
    images