images
images
  • सिटिजन्स बैंकको नाफा २६ प्रतिशतले घट्यो: तीन महिनामा ५० करोड

    काठमाडौं-चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सिटिजन्स बैंकको नाफा घटेको छ । बैंकले तीन महिनामा ५० करोड रुपैयाँ नाफा गरेको छ । गत अर्थिक वर्षको पहिलो तीन महिनामा ६८ करोड नाफा गरेको थियो ।

    बैंकले एक अर्ब ४५ करोड ब्याज आम्दानी गरेको छ । त्यस्तो आम्दानी अघिल्लो वर्ष एक अर्ब २० करोड थियो । नोक्सानी व्यवस्थाको लागि बैंकले १८ करोड बैंकले छुट्ट्याएको छ । असोज मसान्तसम्म बैंकको निक्षेप एक खर्ब ५४ अर्ब रुपैयाँ छ । कर्जा एक खर्ब ३५ अर्ब छ । गत आर्थिक वर्षको असोज मसान्तसम्म बैंकको निक्षेप एक खर्ब ५६ अर्ब तथा कर्जा एक खर्ब ३१ अर्ब थियो ।

    १४ अर्ब २० करोड चुक्ता पुँजी रहेको बैंकको पुँजीकोष अनुपात १२.३९ प्रतिशत छ । बैंकको खराब कर्जा (एनपीएल) अघिल्लो वर्षको तुलनामा बढेको छ । गत आर्थिक वर्षको असोज मसान्तमा १.९१ प्रतिशत रहेको एनपीएल यो वर्ष असोज मसान्तमा २.८९ प्रतिशत छ ।

    कर्जाको न्यूनतम आधार दर (बेसरेट) ११.१४ प्रतिशत छ । अघिल्लो वर्ष ८.११ प्रतिशत थियो । यस्तै, ब्याजदर अन्तर (स्प्रेड)३.८० प्रतिशत छ । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८६.८६ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १४.१२ रुपैयाँ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images