काठमाडौं । सानिमा बैंकले आ व २०७८र ७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् ।
कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आव २०७७/ ७८ को मुनाफबाट शेयरधनीलाई १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९४७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















