बटुवल-शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरुले यस प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्देश्य विद्यार्थीहरुलाई कर्पोरेट संसार परिचीत गराउनु र विद्यार्थीहरूलाई भविष्यको रोजगारी र उद्यमशीलता अवसरहरूको लागि तयार पार्नु रहेको बताए ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आगामी दिनमापनि यस्तै कार्यक्रमहरु आयोजना गर्न प्रतिबद्ध रहेको पनेरुले बताए ।
नेपाल राष्ट्र बैङ्कबाट जारी निति निर्देशन तथा अन्य प्रचलित ऐन कानुनको पूर्ण पालना गर्दै संस्थागत सुसाशन, नविनतम् सोच, सरल र सहज ग्राहक सेवा र सम्पूर्ण स्टेकहोल्डर्सको हितमा कार्य गर्ने शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले जनाएको छ ।
हाल ५ वटा प्रदेशमा ८४ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम नेटवर्क मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । यस विकास बैंकले ग्रामिण बैंकिङ्गलाई उच्च प्राथमिकतामा राख्दै वित्तीय पहुँचमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।


विश्व खबर 



















