images
images
  • प्रधानमन्त्री कप छनोट : तनहुँको दोस्रो जित

    प्रधानमन्त्री कप क्रिकेट छनोट खेलमा तनहुँले दोस्रो जित निकालेको छ । पोखरामा जारी छनोटअन्तर्गत आज भएको खेलमा तनहुँले स्याङ्जालाई पराजित गरेको हो ।

    पहिलो खेलमा तनहुँले कास्कीमाथि विजय हासिल गरेको थियो । तनहुँले हालसम्म कास्कीलाई पराजित गर्न सकेको थिएन । पहिले व्याटिङ गर्दै स्याङ्जाले १७५ रन बनाएको थियो । तनहुँका लागि सन्दीप पराजुलीले ४, विनय भण्डारी र प्रदीप अर्यालले २–२ विकेट लिए ।

    दोस्रो व्याटिङ गरेको तनहुँले पाँच विकेट बाँकी रहँदै लक्ष्य भेट्याउँदै विजय हासिल गरेको तनहुँका कप्तान चन्द्रकान्त पौडेलले जानकारी दिए । खेलमा तनहुँका समिर कंडेल ५४ रन बनाएर म्यान अफ दि म्याच घोषित हुनुभएको छ । छनोट खेलअन्तर्गत शनिबार तनहुँले नवलपुरसँग प्रतिस्पर्धा गर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images