images
images
  • सुनको मूल्य घट्यो तर चाँदीको भने स्थिर

    सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु छ सयले घटेर रु ९२ हजार पाँच सय तोकिएको छ । सुन अघिल्लो दिन प्रतितोला रु ९३ हजार एक सयमा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९२ हजार छ सय थियो ।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार एक सय ७० कायम रहेको महासङ्घले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images