images
images
  • आर्मीलाई दुवै विधामा स्वर्ण

    नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथ्लेटिक्सको चार गुणा चार सय मिटर रिले दौडको पुरुष र महिलातर्फका दुवै विधामा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ ।

    पोखरा रङ्गशालामा आज भएको खेलमा आर्मीका सोमबहादुर कुमाल, रामप्रसाद थारु, जीवन चौधरी र प्रकाश दनुवारको टोलीले तीन मिनेट १८ दशमलव ३६ सेकेन्ड समय लगाउँदै स्वर्ण पदक हात पारेका हुन् । सो स्पर्धामा सशस्त्र प्रहरी बल (एपिएफ)ले रजत पदक जित्यो । एपिएफको टोलीमा नीरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की र सन्दिप नेपाली थिए ।

    उनीहरुले तीन मिनेट २५ दशमलव ८२ सेकेन्ड समय निकाल्दै रजत जितेका हुन् । त्यसैगरी नेपाल प्रहरीले कास्य पदक हात पा¥यो । प्रहरीका अमृत बोट, सहनचन्द्र शाह, तेजबहादुर कार्की र अरुण महतो थारुको टोलीले कास्य जितेको हो । उनीहरुले तीन मिनेट २९ दशमव ३५ सेकेन्ड समय लगाउँदै कास्य जितेका हुन ।

    यसैगरी सोही स्पर्धाको महिलातर्फको विधामा पनि त्रिभुवन आर्मी क्लबले नै स्वर्ण जितको छ । सरस्वती भट्टराई, जयरानी थारु, निर्मला थापा र कलेसी चौधरी सम्मलित टोलीले चार मिनेट शुन्य दुई दशमलव ७८ सेकेन्डको समय निकाल्दै स्वर्ण जितेको हो ।

    सोही स्पर्धामा लुबिनी प्रदेशले रजत जित्दा बागमती प्रदेशले कास्य पदक हात पा¥यो । लुम्बिनी प्रदेशकी निशा थारु, सम्झना थारु, अरुणा रिजाल र रामकुमारी थारुको टोलीले चार मिनेट १४ दशमलव ८० सेकेन्ड समय लगाउँदै रजत पदक जितेको हो । बागमती प्रदेशकी अञ्जु खड्का, रजिना दुलाल, स्वागता खाइजु र सन्तोषी श्रेष्ठ सम्मेलित टोलीले चार मिनेट २२ दशमलव ७९ समय लगाउँदै कास्य जितेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images