images
images
  • महिला त्रिपलजम्पमा एपीएफको स्वर्ण

    पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला लङजम्पमा विभागीय टोली एपीएफकी शिला चौधरीले स्वर्ण जितेकी छन् ।

    पोखरा रंगशालामा बिहीबार ११.०१ मिटर जम्प गर्दै शिलाले स्वर्ण जितेकी हुन् । यस विधामा केशरी चौधरीको नाममा १२.२० मिटरको कीर्तिमान रहेको छ ।

    यस्तै नेपाल पुलिस क्लबकी सीमा चौधरीले १०.७६ मिटर जम्प गर्दै रजत जितिन् भने एपीएफकी रन्जिता राईले ९.९१ मिटर जम्प गर्दै कास्य पदक जितिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images